चुरे भावरसहित ४१ दलको दर्ता खारेज, अब निर्वाचन आयोगमा ९५ दलको अस्तित्व (सूचीसहित) – Nepal Press

चुरे भावरसहित ४१ दलको दर्ता खारेज, अब निर्वाचन आयोगमा ९५ दलको अस्तित्व (सूचीसहित)

खारेज भएका दलका पदाधिकारीलाई ५० हजार जरिवाना, अन्य दलको सदस्य बन्न बन्देज

काठमाडौं । निर्वाचन आयोगले वार्षिक आय ब्यय विववरण नबुझाउने र कानून पालना नगर्ने ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै कुनै समय संविधानसभामा सांसद र मन्त्री बनाएको चुरे भावर लगायतका ४१ वटा दलको दर्ता खारेज भएको जनाएको छ ।

खारेज भएका राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूबाट ५० हजार रूपैयाँ जरिवाना भराउने निर्णय समेत आयोगले गरेको छ । जरिवाना नबुझाउनेहरुलाई सरकारी बाँकी सरह असुल उपर गर्न समबन्धित निकायमा लेखेर पठाइएको छ ।

ती व्यक्तिहरु अब निर्वाचन आयोगमा दर्ता रहेका अरु पार्टीको पदाधिकारी र सदस्यसमेत बन्न नपाउने भएका छन् । ४१ वटा दलको दर्ता खारेज भएसँगै अब निर्वाचन आयोगमा ९५ वटा दल कानूनी अस्तित्वमा रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर