कोरोना संक्रमण बढेसँगै कास्कीमा लम्बियो निषेधाज्ञा – Nepal Press

कोरोना संक्रमण बढेसँगै कास्कीमा लम्बियो निषेधाज्ञा

पोखरा । कास्कीमा साउन २७ गतेसम्म निषेधाज्ञा लम्बाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना संक्रमण र मृत्युदर बढदै गएकाले साउन २७ गते राति १२ बजे सम्म लागू हुनेगरीको लागि लम्ब्याइएको हो । साउन ३ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

सोमबार बसेको जिल्ला कोभिड- १९ व्यवस्थापन समितिबाट निर्णय भए अनुसार संक्रामक रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) तथा कोभिड(१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ बमोजिम  निषेधाज्ञालाई जारी राख्ने निर्णय भएको हो ।

जिल्लाभर लागू हुने गरी निषेधाज्ञा निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *