जयसिंहको खोजतलास जारी रहेको गृहमन्त्रीद्वारा जानकारी, एसएसबीले तुइन काटेकोबारे मौन – Nepal Press
प्रतिनिधिसभा बैठक

जयसिंहको खोजतलास जारी रहेको गृहमन्त्रीद्वारा जानकारी, एसएसबीले तुइन काटेकोबारे मौन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजतलास जारी रहेको बताएका छन् । नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले खोजतलास गरिए पनि फेला पार्न नसकिएको उनले जानकारी दिए ।

संसद बैठकमा आज विशेष समय लिएर बोल्दै गृहमन्त्री खाणले घटनाको अनुसन्धानका विषयमा जानकारी दिएका थिए । उनले भारतीय सशस्त्र प्रहरीले तुइन काटेको विषय उल्लेख गरेनन् ।

‘तुइन तर्ने क्रममा खसेर मृत्यु भएको भनी जिल्ला प्रहरी कार्यालय दार्चुलामा निवेदन दिएका छन् । तुइन तरेर पारी पुगेका तीन जनासँग जानकारी लिने काम भइरहेको छ,’ उनले भने ।

उक्त घटनाका सम्वन्धमा छानविन गर्न सरकारले गठन गरेको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको खाणले जानकारी दिए । साथै भारततर्फ जिप्रका दार्चुलाले पत्राचार गरेको उनले बताए । भारत र नेपालतर्फका सुरक्षाकर्मीले खोजी गरे पनि अहिलेसम्म जिवित वा मृत फेला नपरेको खाणले बताए ।

‘जयसिंह धामी भेटिनुभएको छैन, उहाँको मृत शरीर पनि भेटिएको छैन, खोजतलास जारी छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर