संसदमा एमालेको माग- दार्चुला घटनामा भारतसँग औपचारिक विरोध जनाइयोस् – Nepal Press

संसदमा एमालेको माग- दार्चुला घटनामा भारतसँग औपचारिक विरोध जनाइयोस्

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा एक नेपाली बेपत्ता भएको प्रकरणमा भारतसमक्ष औपचारिक विरोध जनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

दार्चुलाबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले मंगलबार प्रतिनिधिसभा बैठक शुरू हुनासाथ तुइन प्रकरणबारे सरकारले भारतसामू विरोध जनाउनुपर्ने बताएका हुन् ।

एमाले संसदीय दलको तर्फबाट बोलेका ठगुन्नाले दार्चुला घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन समेत माग गरेका छन् ।

तुइन काटिँदा जयसिंह धामी बेपत्ता भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर