पहिले साझा कार्यक्रम, अनिमात्रै सरकार विस्तार – Nepal Press

पहिले साझा कार्यक्रम, अनिमात्रै सरकार विस्तार

काठमाडौं । सत्तारुढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम टुंगिएपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने जनाएको छ । गठबन्धनको कार्यदलमा सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल जारी छ ।

कार्यदलमै न्यूनतम साझा कार्यक्रम टुंगिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको हो । सो सहमतिलाई गठबन्धनका शीर्ष नेताहरुको बैठकले अनुमोदन गरेको छ । आज साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो ।

कार्यदलका संयोजक एवं कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पहिले न्यूनतम साझा कार्यक्रममा सहमति हुने र त्यसपछि मात्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताए । ‘गठबन्धन सरकारको प्राथमिकता र साझा कार्यक्रम बनाउन अझै केही समय लाग्छ । साझा कार्यक्रम टुंगिएपछि मात्रै मन्त्रिपरिषद विस्तार हुन्छ’, खड्काले नेपाल प्रेससंग भने ।

न्यूनतम साझा कार्यक्रममा लगभग सहमति जुटेपनि मस्यौदालाई अन्तिम रुप दिने काम बाँकी रहेको खड्काले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर