दुवै पक्ष संयमित बन्नुपर्ने माधव समूहको निस्कर्ष, पन्त भन्छन्- ओली र नेपालको छिट्टै भेट हुन्छ – Nepal Press

दुवै पक्ष संयमित बन्नुपर्ने माधव समूहको निस्कर्ष, पन्त भन्छन्- ओली र नेपालको छिट्टै भेट हुन्छ

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय संसदहरुको बैठकले पार्टी एकताको वातावरण बिगार्ने गरी दुवै पक्षबाट सार्वजनिक अभिव्यक्तिहरु आउन नहुने निचोड निकालेको छ । दुवै पक्ष संयमित र संवेदनशील भएर एकतामा अघि बढ्नुपर्ने बैठकमा नेताहरुले बताएका छन् ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै स्थायी समिति सदस्य रघुजी पन्तले कार्यदल र वार्तामा संलग्न स्थायी समिति सदस्यहरुले एकता प्रक्रियाबारे जानकारी गराएको बताए । कुनै पनि पक्षबाट सार्वजनिक अभिव्यक्ति दिँदा शब्दचयनमा मर्यादा र शिष्टाचारमा ध्यान दिनुपर्ने विषय उठेको उनले बताए ।

‘पार्टी एकतालाई कमजोर पार्ने कार्यमा दुवै पक्षका नेताहरु सामेल हुनुहुँदैन भन्नेमा विचार विमर्श भयो,’ उनले भने, ‘संयमित र जिम्मेवार भएर गम्भीरतापूर्वक अघि बढ्नुपर्नेमा सबैको सहमति रह्यो ।’

शिर्ष नेताहरुको निर्देशन र सल्लाहअनुसार एकता अघि बढिरहेको हुँदा बाहिर कसले के बोल्यो भन्ने महत्वपूर्ण नहुने पन्तको भनाइ छ । उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छिट्टै भेटघाट र कुराकानी हुने आशा व्यक्त गरे ।

‘उहाँहरुको भेटघाट छिट्टै हुन्छ, तर मिति नसोध्नुस् । भेटघाट हुँदैछ भन्ने बुझेको छु ।’

आफूहरुले छुट्टिने कुरा कहिले पनि नगरेको भन्दै पन्तले पार्टीलाई बलियो र एकतावद्ध बनाउने प्रयास जारी राख्ने बताए ।


प्रतिक्रिया

One thought on “दुवै पक्ष संयमित बन्नुपर्ने माधव समूहको निस्कर्ष, पन्त भन्छन्- ओली र नेपालको छिट्टै भेट हुन्छ

  1. हुदैन्, एकता । एकता बिराेधि म हाेईन् । अवस्था यस्तै छ ।

Leave a Reply to शकर श्रेष्ठ Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर