बर्दियाको जोगीगाउँमा सिटिजन्स बैंकको शाखारहित सेवा – Nepal Press

बर्दियाको जोगीगाउँमा सिटिजन्स बैंकको शाखारहित सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको बारबर्दिया नगरपालिका, जोगीगाउँ बजारमा १११ ओैं शाखारहित बैंकिङ सेवा शुरू गरेको छ ।

यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत सेवा प्रदान गर्ने बताइएको छ ।

बैंकले देशैभरी रहेका १८९ वटा शाखा, ११७ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ्ग सेवाबाट करिव १२ लाख ग्राहक लाभान्वित भएको जनाएको छ ।

डिजिटल माध्यमबाट चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग-ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान र वीथ ड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर