मन्त्रालय भाग लगाउन सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा, माधव नेपाल आन्तरिक बैठकमा – Nepal Press

मन्त्रालय भाग लगाउन सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा, माधव नेपाल आन्तरिक बैठकमा

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डाको विषय टुंगो लगाउन सत्तारुढ गठनबन्धनका मुख्य तीन शीर्ष नेता छलफलमा जुटेका छन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आफूपक्षीय आन्तरिक बैठकमा व्यस्त रहेकाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासहित माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबीच वार्ता भइरहेको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलले मस्यौदा गरेको सरकारको न्यूनतम साझा कार्यक्रमबारे पनि शीर्ष नेताबीच कुराकानी हुँदैछ ।
यसबाहेक मन्त्रालयको भागबण्डामै वार्ता केन्द्रित रहेको बताइएको छ ।

माधव नेपाल पक्ष सरकारमा आउँदा र नआउँदाको अवस्थामा मन्त्रालय भागबण्डा हेरफेर हुने भएकाले नेताहरु छलफलमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर