सदनमा गृहमन्त्री खाण- दार्चुला घटनाको निष्पक्ष छानविन हुन्छ, मेलम्चीमा तत्काल बेलीब्रीज बन्छ (भिडियोसहित) – Nepal Press

सदनमा गृहमन्त्री खाण- दार्चुला घटनाको निष्पक्ष छानविन हुन्छ, मेलम्चीमा तत्काल बेलीब्रीज बन्छ (भिडियोसहित)

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटना दुःखद र संवेदनशील रहेको भन्दै सत्यतथ्य छानविनका लागि समिति परिचालित भइसकेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री खाणले महाकाली नदी तर्ने क्रममा बेपत्ता रहेका जयसिंह धामीको खोजी कार्य जारी रहेको र दोषीको पहिचान गर्न छानविन समिति घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिए ।

‘अहिले पनि दुवैतर्फबाट खोजी कार्य जारी छ । सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समिति पनि घटनास्थलतर्फ जाँदैछ । १० दिनभित्र सो समितिले सत्यतथ्य पेस गर्नेछ’, गृहमन्त्री खाणले भने ।

त्यस्तै गृहमन्त्री खाणले देशका विभिन्न स्थानमा बाढी पहिरोका कारण पुगेको क्षतिबारे राष्ट्रियसभालाई अवगत गराउँदै उद्धार राहत कार्य जारी रहेको जनाएका छन् । ‘विपदबारे जानकारी हुनासाथ स्थानीय तहसंग समन्वय गरी उद्धार र राहत कार्य जारी राखेका छौं ।’

मेलम्ची नदीमा पछिल्लोपटक आएको बाढीले जनजीवन प्रभावित भएकोमा वैकल्पिक बाटो बनाउने, पुल बगाएको स्थानमा बेलीब्रीज बनाउने लगायतका काम अगाडि बढेको खाणले बताए । उनले जनताको जीवन रक्षाका लागि सरकारले उच्च प्राथमिकतासाथ काम गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर