सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको निर्णय, व्यवसायिक आवद्धताबाट अलग भएको घोषणा – Nepal Press

सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको निर्णय, व्यवसायिक आवद्धताबाट अलग भएको घोषणा

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पदमा बसुञ्जेल सरकारी सुविधा नलिने निर्णय गरेका छन् । आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा बाहेकका अन्य सेवा नलिने बताएका हुन् ।

उक्त पत्रकार सम्मेलनमा श्रेष्ठले कोरोनाभाइरस महामारी रोकथामका लागि एकसय दिने कार्ययोजना पनि सार्वजनिक गरेका छन् । ‘म कार्यरत रहुञ्जेल आवास, गाडी र भत्ता लिन्न’ उनले भने, ‘आफू सम्बद्ध सम्पूर्ण व्यवसायमा पनि आबद्ध हुनेछैन ।’

राज्यमन्त्री श्रेष्ठले आफू व्यवसायिक पृष्ठभूमीको भएपनि समाजसेवाको उद्देश्यले राजनीतिमा आएको र स्वार्थ नबाझियोस् भन्नका लागि व्यवसायिक आवद्धताबाट राजीनामा दिने बताए ।

उनी लिटिल एन्जल्स स्कूल, प्राइम कमर्सियल बैंक, सिराइचुली होटल लगायत विभिन्न व्यवसायिक संस्थामा आवद्ध रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर