बालुवाटारमा गठबन्धन कार्यदलको बैठक, न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिइने – Nepal Press

बालुवाटारमा गठबन्धन कार्यदलको बैठक, न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिइने

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलको बैठक अहिले बालुवाटारमा बसिरहेको छ । बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र प्राथमिकतालाई अन्तिम रूप दिनेबारे छलफल भइरहेको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदलमा कांग्रेसका डा. मिनेन्द्र रिजाल र रमेश लेखक , माओवादीका वर्षमान पुन र देवप्रसाद गुरुङ तथा जसपाका महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन् ।

कार्यदलले न्यूनतम साझा कार्यक्रमको खाका बनाइसकेको छ । खाकालाई अन्तिम रुप दिन बाँकी रहेकोले छलफल जारी रहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर