मन्त्री छान्न सकस परेपछि माओवादी स्थायी कमिटी बैठक स्थगित – Nepal Press

मन्त्री छान्न सकस परेपछि माओवादी स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंग्याउन भनी दिउँसो तीन बजे बैठक तय गरिएको थियो ।

नेताहरूको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । अर्को बैठक कहिले बस्ने भन्नेबारे टुंगो नभएको ढकालले जानकारी दिए ।

आकांक्षीहरू बढेपछि माओवादीमा मन्त्री छान्न सकस भइरहेको छ । माओवादी केन्द्रबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय पनि टुंगिएको छैन । प्रवक्ता नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महरा दुवैले नेतृत्वको दावी गरेका छन् ।

माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री भइसकेका छन् । केही दिनअघि एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका सबै सांसदले मन्त्रीमा दावी गरेपछि आफू तनावमा रहेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर