माओवादीले सांसदबाट पदमुक्त गराएका नेताको रिट ईश्वर खतिवडाको इजलासमा – Nepal Press

माओवादीले सांसदबाट पदमुक्त गराएका नेताको रिट ईश्वर खतिवडाको इजलासमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसदबाट पदमुक्त भएका चारजना नेताको रिटमाथिको सुनुवाईका लागि आज पुनः पेशी तोकिएको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासमा चार नेताको मुद्दामाथि सुनुवाईको पेशी तोकिएको हो ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले गत बुधबार दर्ता गरेको रिटमाथिको सुनुवाइका लागि यसअघि दुईपटक पेशी तोकिए पनि पछिल्लो पटक रिट निवेदककै तर्फबाट सारिएको थियो ।

चारैजनाले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन् ।

खतिवडाकै इजलासमा आज जसपाका अध्यक्ष महन्थ ठाकुरको मुद्दामाथि पनि सुनुवाइ हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर