न्यायपालिका सुधार सम्बन्धी प्रतिवेदन कार्यन्वयन शुरु, गोला प्रथाबाट मुद्दाको पेशी चढाइने – Nepal Press

न्यायपालिका सुधार सम्बन्धी प्रतिवेदन कार्यन्वयन शुरु, गोला प्रथाबाट मुद्दाको पेशी चढाइने

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमसेरजबराले विकृति विसंगति विहीन न्यायपालिका सम्बन्धी अध्ययन प्रतिवेदन कार्यन्वयन शुरु गरेका छन् ।

आइतबार न्यायपरिषदलाई पत्र लेखेर स्वचालित पेशी प्रणाली तत्काल कार्यन्वयनका लागि जिल्ला र उच्च अदालतलाई निर्देशन दिइएको छ भने मंसिरदेखि सबै अदालतमा गोला प्रथाबाट मुद्दाको पेशी चढाइने भएको छ ।

न्यायाधीश नियुक्तिको मापदण्डमा समेत अध्ययन समितिले प्रश्न उठाएकाले न्यायपरिषद बैठकबाट विशेष अदालतका अध्यक्षसहित अन्य न्यायाधीश सिफारिस गर्ने प्रक्रिया समेत केही दिन पर सरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै स्वचालित पेसी प्रणाली लागु नहुँदासम्म उच्च तथा जिल्ला अदालतहरुमा गोला प्रथाबाट पेशी सूची प्रकाशन गर्न परिपत्र गरिएको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर