सहकारी बैंक स्थापनाका लागि प्रधानमन्त्रीसँग छलफल – Nepal Press

सहकारी बैंक स्थापनाका लागि प्रधानमन्त्रीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा ‘नेपाल सहकारी बैंक’ स्थापनासम्बन्धी जानकारी गराएको छ । आइतबार विभागका पदाधिकारीले प्रधानमन्त्री देउवालाई भेट गर्दै सहकारी बैंक स्थपनाको जानकारी गराएको हो ।

भेटघाट कार्यक्रममा विभागका सचिव सुरेन्द्र भण्डारीले सहकारी बैंक खोल्न हालसम्म गरेको काम र प्रकृयाको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको थिए ।

उनका अनुसार प्रम देउवाले देशभरका सहकारी क्षेत्रको प्रतिनिधित्व हुनेगरी सहकारी बैंक खोल्न आग्रह गरे । सहकारी बैंक खोल्नका लागि प्रधानमन्त्रीबाट सकारात्मक आशय पाएसँगै विभागले थप प्रकृया अघि बढाउने सचिव भण्डारीले बताए ।

भेटमा विभागका प्रमुख आनन्दप्रसाद ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव दिए । नेपाल सहकारी बैंक स्थापना गर्न संयोजक भण्डारीको नेतृत्वको टोलीले सहकारी विभागबाट सहमति लिइसकेको छ । नेपाल राष्ट्रबैंक र सहकारी महासंघको पत्र प्राप्त हुनासाथ बैंक सञ्चालनमा आउनेछ ।

यसअघि नै विभागले नेपाल सहकारी बैंक खोल्नका लागि ७७ वटै जिल्लाबाट राष्ट्रिय भेला गराइसकेको छ । नेपालमा हाल एउटामात्रै सहकारी बैंक सञ्चालनमा छ । यो बैंक करिब १ अर्ब लागनीमा सञ्चालनमा ल्याइने सचिव भण्डारीले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर