जसपाले सांसदबाट पदमुक्त गराएका लुम्बिनीका तीन मन्त्री पुनः सर्वोच्चमा – Nepal Press

जसपाले सांसदबाट पदमुक्त गराएका लुम्बिनीका तीन मन्त्री पुनः सर्वोच्चमा

काठमाडौं । लुम्बिनी प्रदेशसभाले जसपाको कारवाहीका आधारमा पदमुक्त गरेका ३ जना मन्त्री आज दोस्रोपटक सर्वोच्च अदालत पुगेका छन् ।

पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीले सन्तोष पाण्डेय, कल्पना पाण्डे र विजयबहादुर यादवलाई सांसद पदबाट मुक्त गर्न पत्राचार गरेको थियो । लुम्बिनी प्रदेशसभाले उनीहरूलाई शनिबारै पदमुक्त गरेको हो ।

मन्त्रीहरूले सर्वोच्च अदालतमा यसअघिको अन्तरिम आदेश प्राप्त रिटको विचाराधीन अवस्थामा फेरी पार्टीले कारवाही गरेको भन्दै जनता समाजवादी पार्टीले गरेको कारवाही बदर गर्न माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर