नातावादको आरोप लगाउनेलाई भुवनको चुनौति : ५० लाख दिन्छु आउनूस, तर मैले नाफा कमाउनुपर्‍यो – Nepal Press

नातावादको आरोप लगाउनेलाई भुवनको चुनौति : ५० लाख दिन्छु आउनूस, तर मैले नाफा कमाउनुपर्‍यो

काठमाडौं । फिल्म निर्माता भुवन केसीलाई नेपोटिज्म (नातावाद)को आरोप प्रायः लाग्ने गर्छ । छोरा अनमोल र चलेको अनुहारलाई मात्र भाउ दिने तर, नयाँलाई मौका नदिने आरोप उनीमाथि नयाँ होइन ।

शनिबार राजधानीमा आयोजित प्रेसमिटमा भुवन यो आरोपको प्रतिवादमा उत्रिए । नेपाली फिल्ममा नातावादलाई मलजल गरेको आरोपको खण्डन उनले गरे । बोलिरहँदा उनले आलोचकलाई जवाफ पनि दिए ।

उनले भने, ‘मलाई नेपोटिज्मको आरोप लगाउनेलाई म मेरो फिल्ममा ५० लाख परिश्रमिकसहित लिन चाहन्छु । तर, मैले नाफा पनि कमाउनुपर्‍यो । ५० लाख दिएर मैले २० लाख कमाउनु भएन ।’

हल्ला गरेजस्तो नेपोटिज्म नेपालमा नभएको दावी समेत भुवनले गरे । भुवन लगायतका कलाकारलाई खासगरि नयाँ कलाकारले नेपोटिज्मलाई बढावा दिने गरेको आरोप लगाउने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर