वामदेव फेरि एमाले बैठकमा झुल्किए (तस्वीरहरु) – Nepal Press

वामदेव फेरि एमाले बैठकमा झुल्किए (तस्वीरहरु)

काठमाडौं । कहिले केपी ओलीको बैठकमा जाने त कहिले माधव नेपालको अभियानलाई साथ दिने गर्दै आएका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम शनिबार तुलसीलाल स्मृति प्रष्ठिानको कार्यालयमा पुगे ।

अपरान्ह ३ बजे बोलाइएको स्थायी कमिटी बैठकमा भाग लिन गएका गौतम पछिल्ला केही बैठकमा सहभागी थिएनन् । एमाले एकताको अन्तिम प्रयास गर्ने भन्दै शनिबारको बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएपछि नेताहरू बीचमै फर्किएका थिए ।

हेर्नूस् तस्वीरहरू

       

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर