आफ्नै नेताप्रति रामकुमारीको असन्तुष्टि- फलाना तिलाना त्यता लाग्नु भयो भन्दैमा पार्टी मिल्छ ? – Nepal Press

आफ्नै नेताप्रति रामकुमारीको असन्तुष्टि- फलाना तिलाना त्यता लाग्नु भयो भन्दैमा पार्टी मिल्छ ?

दुईटा अध्यक्षको प्रस्ताव माधव नेपाललाई ‘डिफेम’ गर्न ल्याइएको दाबी

काठमाडौं । नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले एमालेमा दुईटा अध्यक्ष बनाउने प्रस्ताव माधव नेपाललाई ‘डिफेम’ गर्न ल्याइएको दाबी गरेकी छिन्। शनिबार राजधानीमा आयोजित अखिल भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव ल्याएर माधव नेपाललाई पद लोलुप देखाउन खोजिएको बताइन्।

‘आज पनि एमाले हो हामी,’ उनले भनिन्, ‘तर, एमाले एकीकरणका लागि माफी मागेर आज भएको पदबाट ‘स्टेपडाउन’ गर्नुपर्छ । दुईटा अध्यक्षको प्रस्ताव माधव नेपाललाई डिफेम गर्नका लागि ल्याइएको हो, पदलोलुप देखाउनलाई ।’

कार्यदलमार्फत् एमाले मिलाउन लागेकाा आफ्नै समूहका नेताहरुप्रति पनि उनले कटाक्ष गरिन् । उनीहरू लाग्दैमा पार्टी नमिल्ने उनले दाबी गरिन् ।

‘आज वार्ता समितिमा रहेका साथीहरुले आज मिलाउने, भोलि मिलाउने, टुनाइट मिलाउने भन्दै हुनुहुन्छ,’ झाँक्रीको भनाइ छ, ‘१० बुँदे लगायतका थुप्रै प्रस्ताव हामीले मिडियामा देखिरहेका छौं । हामी पार्टी एकता त गरौंला । फलाना- तिलाना कमरेडहरु त्यता लाग्नुभयो अनि पार्टी एकता भन्ने कुरा त्यति सहज होला र ?’

केपी शर्मा ओलीले अध्यक्ष पद छाडेपछि मात्रै पार्टी एकता हुने उनको भनाइ छ। ‘पार्टी एकता हुन्छ, कहिले हुन्छ ?,’ उनको जवाफ छ, ‘जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ।’

उनले प्रतिगमनकारीको अध्यक्षतामा कुममा कुम मिलाएर कम्युनिष्ट आन्दोलन सुदृढीकरण नुहने समेत दाबी गरिन्। ‘प्रतिगमनकारीको अध्यक्षतामा कुममा कुम जोडाएर हामी बस्दैमा कम्युनिस्ट आन्दोलन सुदृढीकरण हुन्छ ?,’ उनको प्रश्न छ, ‘ चुनावमा मान्छेले भोट हाल्छन् ? राजनीति भनेको भन्ने एउटा गर्ने अर्को हो ?’


प्रतिक्रिया

2 thoughts on “आफ्नै नेताप्रति रामकुमारीको असन्तुष्टि- फलाना तिलाना त्यता लाग्नु भयो भन्दैमा पार्टी मिल्छ ?

  1. झाँक्रीले ए९टा कुरा चाहि सही भनी छन् राजनीति भनेको भन्ने एउटा र गर्ने अर्कैनै हो । अहिले भइरहेको पनि त्यही हो यो भन्दा फरक कसैले अनुभव गर्न पाएको छ र ।

Leave a Reply to Devi Prasad Subedi Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर