दलको नेता चयन गर्न जसपा संसदीय दलको बैठक सुरु (भिडियो) – Nepal Press

दलको नेता चयन गर्न जसपा संसदीय दलको बैठक सुरु (भिडियो)

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठक सुरु भएको छ। निर्वाचन आयोगले आधिकारिकता विवाद निरुपण गरेपछि बैठक पहिलो पटक बस्न लागेको हो।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार सुरु भएको बैठकले संसदीय दलको नेता चयन गर्ने छ। सर्वसम्मतीले दलको नेता चयनको प्रयास गर्ने तर सहमति नजुटे निर्वाचनमार्फत दलको नेता चयन गर्ने नेताहरुले बताएका छन्।

त्यस्तै निर्वाचन समितिद्वारा निर्वाचन तालिकासहित विधि र प्रक्रिया सार्वजनिक गर्ने एजेन्डा पनि बैठकको छ।

दलको बैठकमा २१ जना संघीय संसदको उपस्थिति छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर