टोकियो ओलम्पिक: २०० मिटर ब्याकस्ट्रोकमा म्याकियोनले जितिन् स्वर्ण – Nepal Press

टोकियो ओलम्पिक: २०० मिटर ब्याकस्ट्रोकमा म्याकियोनले जितिन् स्वर्ण

काठमाडौं । अस्ट्रेलियन स्वीमर केएली म्याकियोनले टोकियो ओलम्पिक- स्विमिङको महिलातर्फ २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी छन् ।

शनिबार बिहान भएको प्रतिस्पर्धामा उनले निर्धारित समय २: ०४. ६८ मा पूरा गर्दै जारी ओलम्पिकमा व्यक्तिगत दोस्रो स्वर्ण पदक जितेकी हुन् ।
म्याकियोनले यसअघि मंगलबार १०० मिटर ब्याकस्ट्रोकमा ५७:४५ मा निर्धारित समय पार गर्दै पहिलो स्वर्ण जितेकी थिइन् ।

म्याकियोनले भनिन, ‘मलै प्रतिस्पर्धा गरेका अन्य खेलाडीहरू उत्कृष्ट थिए । र, उनीहरू भएर नै मलाई अझै राम्रो गर्न प्रेरित गरे ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *