मन्त्रिपरिषद विस्तारबारे देउवा-प्रचण्ड छलफल, माधव नेपाल पक्षलाई समेट्ने प्रयास – Nepal Press

मन्त्रिपरिषद विस्तारबारे देउवा-प्रचण्ड छलफल, माधव नेपाल पक्षलाई समेट्ने प्रयास

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका अर्का नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रालय बाँडफाँडको बारेमा गठबन्धनका अन्य नेताहरूसँग पनि कुराकानी गर्ने समझदारी भएको छ ।

प्रचण्डले यसबीचमा जसपा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् । सरकारको बहुमत सुरक्षित गर्न र गठबन्धन जोगाउनका लागि माधव नेपाल पक्षलाई पनि सरकारमा सामेल गराउनुपर्ने पक्षमा प्रचण्ड छन् । एमाले एकताको प्रयास जारी रहेको र माधव नेपाल आफ्नो समूहका केही नेताको दबाबमा परेकाले निर्णय हुन सकेको छैन ।

स्रोतका अनुसार प्रचण्डले माधव नेपाललाई शनिवारसम्म निर्णय गर्न आग्रह गरेका थिए । नेपालले सरकारमा सहभागी हुनेबारेमा आफ्नो निर्णय सुनाएमा आइतवार मन्त्रिपरिषद् विस्तार हुनेछ ।

माधव नेपाल पक्षलाई कम्तिमा ६ वटा मन्त्रालय दिन गठबन्धनका नेताहरू तयार छन् । नेपाल पक्ष संस्थागत रुपमा सहभागी हुन अप्ठेरो परेमा नेपालले सिफारिस गरेका सांसदहरूलाई स्वतन्त्र हैसियतमा मन्त्री बनाउन समेत गठबन्धन तयार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर