प्रशिक्षकको राजीनामाबारे एन्फा अनिर्णित, विवाद समाधानका लागि खेलकुद मन्त्रालयलाई अनुरोध – Nepal Press

प्रशिक्षकको राजीनामाबारे एन्फा अनिर्णित, विवाद समाधानका लागि खेलकुद मन्त्रालयलाई अनुरोध

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद सुल्झाउन खेलकुद मन्त्रालयलाई अनुरोध गरेको छ । उनीहरु दुवैले दिएको निवेदनका सम्वन्धमा कुनै निर्णय लिन नसकेपछि एन्फाको बैठकले मन्त्रालयलाई सो अनुरोध गरेको हो ।

प्रशिक्षक अल्मुताइरीले पदबाट राजीनमा दिने घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एन्फाको कार्यसमिति बैठक बसेको थियो । सो बैठकमा प्रशिक्षक र नेम्वाङ दुवै एन्फासँग असन्तुष्ट बनेका थिए । बैठक निस्कर्षमा पुग्न नसकेपछि खेलकुद मन्त्रालयमा विवादलाई धकेलिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *