कांग्रेसको उद्योग व्यापार विभागले गर्‍यो स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको स्वागत – Nepal Press

कांग्रेसको उद्योग व्यापार विभागले गर्‍यो स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको स्वागत

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय समिति अन्तरगत उद्योग व्यापार विभागले व्यवसायीको क्षेत्रबाट स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ नियुक्तीलाई स्वागत गरेको छ । विभागले दक्ष क्षेत्रबाट विभागीय मन्त्रालयको जिम्मा पाउनुले मुलुककै हितमा काम हुने ठहर गरेको छ ।

लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले सवै वर्ग क्षेत्रलाई समेट्ने क्रममा व्यवसायिक क्षेत्रबाट स्वास्थ्य राज्यमन्त्री नियुक्ती हुनु गौरवको विषय भएको ठहर समेत विभागले गरेको छ ।

विभागका प्रमुख चिनकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तीमा शिक्षा, स्वास्थ्य, उर्जा तथा कृषि क्षेत्रमा आफूलाई कुशल व्यवस्थापकको रुपमा उभ्याइ सकेको र संविधानसभा तथा प्रतिनिधिसभा सदस्य समेत रहेर अव्वल सावित गरिसकको व्याक्तिको विरोध हुनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरिएको छ ।

श्रेष्ठको कार्यकालमा मुलुक जटिल स्वास्थ्य अवस्थाबाट ग्रुजिएको अवस्था नियन्त्रणमा ल्याएर सवै नेपालीलाई भ्याक्सिन लगाउने अभियान सफल हुने आशा समेत विज्ञप्तीमा उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर