पूर्वमाओवादी नेताहरूको रिटमा आज पनि सुनुवाइ भएन – Nepal Press

पूर्वमाओवादी नेताहरूको रिटमा आज पनि सुनुवाइ भएन

काठमाडौं । नेकपा माओवादी केन्द्रको कारवाहीका आधारमा पदमुक्त भएका ४ जना संघीय सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दाको पेसी राखिएको भए पनि आज पनि सुनुवाइ स्थगित भएको हो ।

हिजो न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको सो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । सर्वोच्च अदालत स्रोतका अनुसार रिट निवेदक पक्षका कानून व्यवसयीकै आग्रहमा सुनुवाइ स्थगित गरिएको हो ।

प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधवार रिट दायर गरेका थिए ।


प्रतिक्रिया

One thought on “पूर्वमाओवादी नेताहरूको रिटमा आज पनि सुनुवाइ भएन

  1. कस्तो नाक न भएको नकचरो होला भइरहेको संसद पद गए जाओस् भन्ने ले अहिले संसद पद चाहिने बोलि म लगम नभएको ले देशको लागि के गर्लान् भन्ने आशा राख्ने यनीहरुलाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर