जसपाले चार महिने संगठन सुदृढीकरण तथा जागरण अभियान चलाउने – Nepal Press

जसपाले चार महिने संगठन सुदृढीकरण तथा जागरण अभियान चलाउने

कामाडौं। सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) ले चार महिने संगठन सुदृढीकरण तथा जागरण अभियान चलाउने भएको छ। बिहीबार सकिएको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको हो।

बैठकपछि पार्टी प्रवक्ता डम्बर खतिवडाले यो अभियान भाद्र १ गतेदेखि मंसिर मसान्तसम्म चल्ने जानकारी दिए। उनले यो अवधिमा पार्टीको समायोजन, प्रशिक्षण, संगठन र जनजागरण सम्बन्धी कामहरु गर्ने र पार्टीलाई दुरुस्त बनाउने अभियानमा लाग्ने बताए।

बैठकले अनुशासन सम्बन्धी घटनाहरुको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिको संयोजकमा नवराज सुवेदी र सदस्यहरुमा प्रकाश अधिकारी, गोविन्द चौधरी, दुर्गा सोब र सुशिला श्रेष्ठलाई रहेका छन्।

त्यस्तै बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा केन्द्रीय समितिका सदस्य नरसिंह चौधरीलाई नियुक्ति गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर