कांग्रेस क्रियाशील सदस्यता विवाद : नेताले मागे ५ दिनको म्याद – Nepal Press

कांग्रेस क्रियाशील सदस्यता विवाद : नेताले मागे ५ दिनको म्याद

मन्त्रिपरिषद् विस्तारबारे भएन छलफल

काठमाडौं । क्रियाशील सदस्यतामा देखिएको समस्या टुंग्याउन कांग्रेस नेताहरूले ५ दिनको समय मागेका छन् ।

बिहीबार बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले सदस्यताबारे नटुंगिएको विषय ५ दिनभित्र टुंग्याउने निर्णय भएको क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी दिए ।

‘नेताहरूकै परामर्शमा बनाइएको मापदण्डलाई आधार बनाएर हामीले प्रतिवेदन बुझाइसकेका छौं । समितिमा सहमति नभएको विषय केन्द्रीय नेताको तहमा टुंगो लाग्ने भन्ने थियो । नेताहरूको तहमा निर्णय गर्नुपर्ने विषय हामीले पहिचान गरिसकेका छौं’, लेखकले पत्रकारसँग भने, ‘केन्द्रबाट निर्णय भइसकेपछि निर्वाचनको प्रक्रिया अघि बढ्छ । तोकिएको समयमै महाधिवेशन हुन्छ ।’

अरु पार्टीबाट समायोजनामा आएका र केही जिल्ला तथा निर्वाचन क्षेत्रमा देखिएका समस्या समाधान गर्न बाँकी रहेकोले त्यो नेताहरूले अध्ययन गरे टुंग्याउने नेता लेखकले जानकारी दिए । उनले भने, ‘खासगरि धनुषा ४, सर्लाही २ साथै बारा र सप्तरीमा देखिएको समस्या टुंग्याउनुपर्नेछ ।’

आजको बैठकमा मन्त्रिपरिषद् विस्तार तथा थप मन्त्री चयनबारे विषय प्रवेश नगरेको नेताहरूले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर