चीनमा बाढीबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त – Nepal Press

चीनमा बाढीबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त

बाढी तथा डुबानले मध्य चीनको हेनान प्रान्तमा भएको जनधनको क्षतिप्रति नेपालले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढीमा ज्यान गुमाउनेप्रति समवेदना व्यक्त गरेको छ भने घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ ।

हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ । गत जुलाई १६ बाट शुरु भएको वर्षाका कारण १५० जिल्लाका एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । भीषण वर्षापछिको बाढीका कारण १४ लाख ७० हजार व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको पनि समाचारमा जनाइएको छ ।

पिपुल्स लिबरेसन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले हजारौंको संख्यामा सैनिक, सशस्त्र प्रहरीलाई बाढीमा फसेक मानिसहरुलाई सुरक्षित रुपमा उद्धार गर्न पठाइएको छ । झेङझाओको मौसम विभागले वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ । हेनान प्रान्तभर राहत वितरण र पुनः निर्माणको प्रयास भइरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर