रिलायन्स लाइफद्वारा २ करोड ५० लाखको दावी भुक्तानी – Nepal Press

रिलायन्स लाइफद्वारा २ करोड ५० लाखको दावी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ५० लाख बराबरको मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको छ ।
कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बीमितको पत्नी सपना मल्ललाई हस्तान्तरण गरेको हो ।

दावी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमन पौडेल, कम्पनीका संचालक समितिका अध्यक्ष ताराचन्द केडिया, संचालक जगदीशकुमार अग्रवाललगायत कम्पनीका पदाधिकारीको उपस्थिति थियो ।

कम्पनीले हालसम्म ८ करोड २३ लाख बराबरको दावी रकम भुक्तानी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *