धुर्मुस-सुन्तली स्टारर फिल्म ‘म त मर्छु कि क्या हो’ ट्रेलर रिलिज – Nepal Press

धुर्मुस-सुन्तली स्टारर फिल्म ‘म त मर्छु कि क्या हो’ ट्रेलर रिलिज

फिल्म भदौ ११ गते ओटीटीमा सार्वजनिक हुने

काठमाडौं । सीताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको फिल्म ‘म त मर्छु कि क्या हो’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ ।

धुर्मुस-सुन्तलीकै गेटअपमा उनीहरु यसमा चित्रित भएका छन् । लेखन तथा निर्देशन उनीहरुकै रहेको फिल्ममा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोलको अभिनय छ ।

‘ओ हो मूभि’ नामक ओटीट प्लेटफर्ममा भदौ ११ गते फिल्म रिलिज हुने भएको छ । वैवाहिक जीवनको उतारचढावलाई फिल्ममा चित्रण गरिएको छ । यसबाट संकलित रकमलाई भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा च्यारिटी गरिने भएको छ ।

हेर्नूस् ट्रेलर :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *