एमसीसीको वेबसाइटमा पुरानै नक्सा, ‘चुच्चे नक्सा’ राख्न स्थानीय प्रतिनिधिलाई एमसिए नेपालको पत्र – Nepal Press

एमसीसीको वेबसाइटमा पुरानै नक्सा, ‘चुच्चे नक्सा’ राख्न स्थानीय प्रतिनिधिलाई एमसिए नेपालको पत्र

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को वेबसाइटमा नेपालको पुरानै नक्सा रहेको पाइएको छ।

नेपालको संसदबाट भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानीसहितका भूभाग समेटिएको ‘चुच्चे नक्सा’ पारित भइसके पनि एमसीसीले नेपालको पुरानै नसक्सा राखेको हो। एमसीसीले ‘नेपाल कम्प्याक्ट’ शीर्षमा राखेको सामग्रीमा नेपालको पुरानै नक्सा देख्न सकिन्छ ।

यसबारे नेपालमा एमसीसी कार्यान्वयन गर्ने एमसीए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर बिष्टसँग बुझदाँ आफूले पनि त्यसबारे नेपाल प्रेसले जानकारी गराएपछि मात्रै थाहा पाएको बताए । अहिले बीचमा आएर हटाएको नभई पहिलेदेखि नै पुरानै नक्सा प्रयोग भएको हुन सक्ने बिष्टको भनाइ छ।

यसैबीच एमसीए नेपालले पुरानो नक्सा हटाएर नयाँ नक्सा राख्न एमसीसीका स्थानीय प्रतिनिधिलाई पत्र लेखेको छ । नेपाल प्रेसको जिज्ञासामार्फत पुरानै नक्सा रहेको थाहा पाउने बित्तिकै आफूले स्थानीय प्रतिनिधिलाई चिठी पठाएको र अब त्यो चाँडै परिवर्तन हुने बिष्टले जानकारी दिए।

उनले भने, ‘मैले यो थाहा पाउने बित्तिकै आजै एमसीसीको लोकल प्रतिनिधिलाई इमेलमार्फत चिठी पठाएको छु । अब एक दुई दिनमै परिवर्तन हुन्छ ।’

तपाईंहरुको आग्रहमै त्यो परिवर्तन हुन्छ त भन्ने नेपाल प्रेसको प्रश्नमा बिष्टले भने, ‘नेपालको संसदले पास गरेको नक्सा हो नि त्यो । हामीले आग्रह गरेपछि परिवर्तन नहुने कुरै हुँदैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर