जसपाको बैठक जारी, मन्त्रीदेखि मन्त्रालय राेज्नेसम्मको एजेन्डा – Nepal Press

जसपाको बैठक जारी, मन्त्रीदेखि मन्त्रालय राेज्नेसम्मको एजेन्डा

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

तुलसीलाल अमात्यको भवन ललितपुरमा बुधबार दिउँसो पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बैठक बसेको हो ।

हिजो मंगलवारदेखि सुरु भएको बैठक आज सम्पन्न हुनेछ । बैठकले निर्वाचन आयोगमा सनाखत गरेका ३४ जनालाई समेटेर औपचारिक कार्यकारिणी समितिलाई पूर्णतः दिनेछ ।

पार्टीको आन्तरिक बिषयसहित सरकारमा सहभागिता, महन्थ ठाकुर राजेन्द्र महतो समूहलाई कारवाही गर्ने नगर्ने, सम्भावित मन्त्री र मन्त्रालयको सूची, संसदीय दलको नेता ग़री अन्य पदाधिकारी चयन लगायतका एजेन्डामा छलफल केन्द्रित रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर