गोल्डेन स्लाम जित्ने तयारीमा रहेका जोकोभिच ओलम्पिकको क्वार्टरफाइनलमा – Nepal Press

गोल्डेन स्लाम जित्ने तयारीमा रहेका जोकोभिच ओलम्पिकको क्वार्टरफाइनलमा

काठमाडौं । तीन ग्रान्डस्लाम जितिसकेका विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिच टोकियो ओलम्पिकको क्वार्टरफाइनलमा पुगेका छन् ।

अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितिसकेका जोकोभिच ओलम्पिकमा पनि सर्बियाका लागि स्वर्ण जित्ने तयारीमा छन् ।

बुधबार भएको तेस्रो चरणको खेलमा स्पेनिस डेभिडोभिच फोकिनालाई ६-३, ६-१ को सोझो सेटमा पराजित गर्दै जोकोभिच अन्तिम आठमा पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *