पहिरोले बुढीगंगा नदी थुनियो, बाजुरादेखि अछामसम्मै त्रास – Nepal Press

पहिरोले बुढीगंगा नदी थुनियो, बाजुरादेखि अछामसम्मै त्रास

काठमाडौं । बाजुराको गौमुल गाउँपालिका स्थित बुढीगंगा नदीमा पहिरोले थुनेको छ । अविरल वर्षापछि बुढी गंगा नदीमा पहिरो जाँदा हिजो रातिदेखिनै नदी थुनिएको हो ।

हिमाली भेगमा भारी बर्षा भइरहेकाले आजविहानबाट फेरी पहिरो गई नदी थुनिएको गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले नेपालप्रेसलाई बताए ।

उनले भने,‘ हिजोदेखि नदीमाथि खसेको पहिरोले नदी थुनिने खुल्ने क्रम भइरहेको छ । अहिले पनि पहिरोले नदी थुनिएको छ । एकैचोटी नदी फुटे ठूलो क्षति हुने उनको भनाई छ । उनका अनुसार हिजो थुनिएको नदी विस्तारै खुलेकाले क्षति हुन पाएन । नदी आसपासका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको उनले बताए । सुरक्षाकर्मी गाउँपालिका सहितको टोली उक्त क्षेत्रमा पुगेको छ ।

आज झनै बढी जोखिम रहेकाले प्रत्येक वडाहरुमा सूचना दिनका लागि एकएक जना खटाइएको छ । फेरि थुनिएर पानी निकासा नभए बाजुरादेखि अछामको साँफेबगरसम्मै ठूलो क्षति पुयाउने अध्यक्ष रोकायाले बताए । हाल अजयटोकी बस्तीका २० घर जोखिममा छन् ।

सोमबार साँझ पहिरोले थुनिएको नदी मध्य रातमा विस्तारै खुलेको थियो । स्थानीयलाई समयमै पूर्वसूचना दिएकाले मानवीय क्षति भने हुन पाएन ।
जल तथा मौसम विज्ञान विभागले पनि उक्त क्षेत्रको तटीय क्षेत्रहरुमा साँझ सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *