एक किलाे सुनसहित विमानस्थलबाट एक पक्राउ – Nepal Press

एक किलाे सुनसहित विमानस्थलबाट एक पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट १ किलो १ सय ६५ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीले एअरपोर्टबाट गोरखा घर भएका २८ वर्षीय पदम परियारलाई १ किलो १ सय ६५ ग्राम सुन सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले विमानस्थलस्थित आन्तरिकतर्फको भन्सारमा जाँच गर्ने क्रममा पक्राउ परेको हो ।

उनले सुटकेशभित्र फलामे धातुको कपमा सुन लुकाई ल्याउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई उक्त सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा राखी थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *