मन्त्रिपरिषद् तत्कालै विस्तार, माधव नेपालसहित शीर्ष नेताको बैठकले सबै नियुक्तिको मापदण्ड बनाउने – Nepal Press
गठबन्धन बैठक

मन्त्रिपरिषद् तत्कालै विस्तार, माधव नेपालसहित शीर्ष नेताको बैठकले सबै नियुक्तिको मापदण्ड बनाउने

काठमाडौं । सत्तारुढ गठबन्धनको शीर्ष बैठकमा तत्कालै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । आजै माधव नेपालसहित शीर्ष नेताहरू पुनः छलफल गर्ने र सरकार सञ्चालनका विषयमा सहमति हुने बताइएको छ ।

सरकार गठन भएको दुई साता हुन लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता नपाएकाले आज भोलिमै मन्त्रीहरू नियुक्त गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले शीर्ष नेताहरूले मन्त्रीको नाम दिएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जनाएको छ ।

सत्तारुढ गठबन्धनको बैठकमा अन्य पाँच प्रदेशका प्रदेश प्रमुख पनि हटाउने सहमति भएको छ । तर, कसलाई नियुक्त गरिने भन्ने बारेमा राजनीतिक नियुक्तिको साझा मापदण्ड बनाउनेबारे छलफल भएको जसपा नेता अशोक राईले नेपाल प्रेसलाई बताए ।

आजको बैठकमा माधव नेपाल सहभागी नभए पनि उनले डा. विजय पौडेललाई आफ्नो प्रतिनिधिका रूपमा पठाएका थिए । आजै माधव नेपालसहितको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा कांग्रेसबाट प्रधानमन्त्रीसहित बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला सहभागी थिए ।

त्यस्तै माआवादी अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् भने जसापबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई सहभगी छन् थिए ।

बैठकमा एमालेको माधव नेपाल समूहका डा. विजय पौडेल सहभागी छन् भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर