सर्लाहीमा छोराछोरीसहित आमाको शव पोखरीमा भेटियो – Nepal Press

सर्लाहीमा छोराछोरीसहित आमाको शव पोखरीमा भेटियो

जनकपुरधाम । सर्लाहीमा पोखरीमा डुबेको अवस्थामा आमा, छोरा र छोरीको शव फेला परेको छ ।

ब्रह्मपुरी गाउँपालिका-३ भेल्हीका सञ्जीव कापडकी २६ वर्षीया पत्नी रिकेवादेवी, १८ महिनाकी छोरी रमा र ९ दिनकै छोराको शव पोखरीमा आज बिहान फेला परेको हो । स्थानीय सूर्यवंश चौधरीको पोखरीमा उनीहरू मृत भेटिएको प्रहरीले बताएको छ ।

पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली पुगी शव पोखरीबाट निकालेर पोष्टमार्टमका लागि मलंगवा अस्पताल लगिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

मंगलबार साँझदेखि नै रिकेवादेवी छोरा-छोरी लिएर बेपत्ता भएकी थिइन् । श्रीमती र छोरा-छोरी खोज्न निस्केका श्रीमान् सञ्जिव सम्पर्कविहीन रहेको डिएसपी बुढाथोकीले नेपाल प्रेसलाई बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *