बालुवाटार बैठकमा पाँच दलबाट को को छन् सहभागी ? – Nepal Press

बालुवाटार बैठकमा पाँच दलबाट को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

मन्त्रिपरिषद विस्तार,सरकारको न्युनतम कार्यक्रम लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरवहादुर देउवाले बोलाएको बैठकमा कांग्रेसबाट प्रधानमन्त्रीसहित बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णवहादुर खड्का, कृष्ण प्रसाद सिटौला सहभागी छन् ।

त्यस्तै माआवादी अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् भने जसापबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई सहभगी छन् ।

बैठकमा एमालेको माधव नेपाल समूहका डा. विजय पौडेल सहभागी छन भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर