बालुवाटारमा सत्ता गठबन्धनको बैठक, माधव नेपालले प्रतिनिधि पठाए – Nepal Press

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, माधव नेपालले प्रतिनिधि पठाए

काठमाडौं । मन्त्रिपरिषद विस्तार तथा सरकारको न्युनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री शेरवहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् । एमालेको माधव नेपाल पक्षबाट भने आजको बैठकमा पोलिटव्युरो सदस्य डा. विजय पौडेल सहभागी छन् ।

यसअघिको शीर्ष बैठकमा नेपाल आफैं सहभागी थिए । तर पार्टी एकताको पक्षमा क्रियाशील नेताहरुले वातावरण बिग्रने भन्दै नेपाललाई गठबन्धनका बैठकमा सहभागी नहुन आग्रह गरेका छन् ।

नेपालसँग माओवादी अध्यक्ष प्रचण्डले मंगलवार पनि छलफल गरेका थिए । नेपालले एमाले एकताको प्रयास चलिरहने र आफ्नो पक्ष सरकारमा सहभागी पनि हुने बताएका थिए ।

आजको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमकै बारेमा छलफल हुने बताइएको छ । मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद विस्तारका बारेमा माधव नेपालसहित शीर्ष नेताहरु पुनः छलफल गरेपछि टुंगो लाग्नेछ ।

जसपा आधिकारिकता विवाद टुंगो लागेपछि अब सरकार विस्तार गर्ने तयारी भइरहेको छ ।

याे पनि पढ्नुहाेस्

बालुवाटार बैठकमा पाँच दलबाट को को छन् सहभागी ?


प्रतिक्रिया

One thought on “बालुवाटारमा सत्ता गठबन्धनको बैठक, माधव नेपालले प्रतिनिधि पठाए

  1. भिमबहादुर रावलदेखि योगेश भट्टराई जीहरू सत्तारूढ गठबन्धनको बैठकमा माधव नेपालले डा. विजय पौडेललाई पठाउनुको मतलब एमाले विभाजन गर्ने मौका कुरेर बसेको अर्थ लाग्छ तर तपाईंहरू माधव नेपाललाई एमाले बनाउन भन्दै समय र सामर्थ्य बर्वाद गर्दै हुनुहुन्छ। माधव नेपाललाई चिन्न जति ढिला भो एमालेले उति बढी क्षति व्यहोर्नु पर्नेछ। माधव नेपाल २०७३ सालदेखि नै सरामा एमाले थिएनन्। कुरो बुझेको खै!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर