योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल – Nepal Press

योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । पौडेलले यसअघि स्वर्णिम वाग्ले उपाध्यक्ष रहँदा आयोगको सदस्य भएर काम गरेका थिए।

उनी अर्थतन्त्रबारे नियमित अखबारी लेखनमा समेत सक्रिय छन् ।

बैठकले आयोगको सदस्यहरूमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर