अनलाइन गेम र ओटीटी प्लेटफर्महरू बन्द गर्न संसदमा उठ्यो आवाज (भिडियो) – Nepal Press

अनलाइन गेम र ओटीटी प्लेटफर्महरू बन्द गर्न संसदमा उठ्यो आवाज (भिडियो)

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अनलाइन गेम र ओटीटी प्लेटफर्महरु बन्द गर्नुपर्ने आवाज उठेको छ ।

एमाले सांसद आशा विकले मंगलवारको शून्य समयमा बोल्दै अनलाइन गेमको कुलतमा फसेर बालवालिका मानसिक रोगी बनिरहेको भन्दै तत्काल बन्द गर्न माग गरिन् ।

विकले पब्जी, फ्रि फायरलगायतका अनलाइन गेम तथा बेटिङहरु बन्द गर्न सरकारले नियामक निकायलाई निर्देशन दिनुपर्ने माग राखेकी हुन् ।
राष्ट्र बैंकको निर्देशनमा आजैदेखि अनलाइन बेटिङ प्लेटफर्महरु बन्द भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर