प्रधानमन्त्री देउवालाई श्रीलंकाली समकक्षीको शुभकामना सन्देश – Nepal Press

प्रधानमन्त्री देउवालाई श्रीलंकाली समकक्षीको शुभकामना सन्देश

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई श्रीलंकाली समकक्षी महिन्दा राजापाक्षेले बधाइ तथा शुभकामना सन्देश पठाएका छन् ।

श्रीलंकाली राजदूत हिमाली अरुणातिलकाले प्रम देउवालाई भेट् गर्दै सन्देश हस्तान्तरण गरेकी हुन् ।

राजदूत र देउवासँगको भेटमा द्धिपक्षीय हितको चासोका विषयमा छलफल भएको जनाइएको छ । राजापाक्षेले सन्देशमा देउवा सरकारसँग मिलेर काम गर्न श्रीलंका इच्छुक रहेको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर