ह्वाट्सएपमा आयो मल्टि-डिभाइस फिचर, अब चार डिभाइसमा चल्छ तपाईंको अकाउन्ट – Nepal Press

ह्वाट्सएपमा आयो मल्टि-डिभाइस फिचर, अब चार डिभाइसमा चल्छ तपाईंको अकाउन्ट

काठमाडौं । इन्स्ट्यान्ट म्यासेजिङ एप- ह्वाट्सएपले नयाँ मल्टि-डिभाइस फिचर ल्याएको छ । नयाँ फिचर सार्वजनिक भएसँगै अब प्रयोगकर्ताले आफ्नो अकाउन्ट चार फरक डिभाइसमा लग-इन् गरेर चलाउन सक्नेछन् ।

फेसबुकको स्वामित्वमा भएको ह्वाट्सएप च्याट, भिडियो कल र अडियो कलका लागि प्रसिद्ध छ । नयाँ फिचर प्रयोग गर्नका लागि प्राइमरी फोनलाई इन्टरनेटसँग कनेक्सनमा राख्नुप पर्नेछ ।

ह्वाट्सएपले बताएअनुसार, तपाईँले चलाइरहेको डिभाइसमा ब्याट्रि सकियो अर्थात् अन्य केही समस्या भयो भने अर्को डिभाइसबाट पनि चलाउन सहज होस् भनेर यो नयाँ फिचर ल्याएको हो ।

ह्वाट्सएप सम्बन्धी सूचना बाहिर ल्याउने WABetaInfo का अनुसार यो फिचर अहिले केही प्रयोगकर्ताका लागि मात्रै दिइएको छ । तपाईँको अकाउन्टमा यो फिचर दिइएको छ कि छैन चेक गर्न ह्वाट्सएपको सेटिङमा गएर ‘लिङ्क्ड-डिभाइस’मा हेर्नु पर्नेछ ।

तपाईँलाई यो फिचर दिइएको छ भने मल्टि-डिभाइसको अप्सन देखिने छ । यो बेटा भर्जन प्रयोकर्ताका लागि मात्रै दिइएको सुविधा हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर