प्रतिवेदन अपूर्ण रहेको भन्दै कल्याण गुरुङको ‘नोट अफ डिसेन्ट’ – Nepal Press

प्रतिवेदन अपूर्ण रहेको भन्दै कल्याण गुरुङको ‘नोट अफ डिसेन्ट’

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सदस्य कल्याण गुरुङले समितिको प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

समितिले आज सभापति शेरबहादुर देउवामार्फत केन्द्रीय समितिलाई प्रतिवेदन बुझाउँदैछ । प्रतिवेदनमा केही जिल्ला र वडाको नयाँ सदस्यताबारे निर्णय गर्न नसकिएकोले शीर्ष तहबाटै समाधान गर्न सुझाइएको छ । गुरुङले भने सबै विवाद समितिबाटै टुंग्याउनुपर्ने र अपूर्ण प्रतिवेदन बुझाउन नहुने अडान लिएका छन् । समितिका अन्य सदस्यहरू आजै प्रतिवेदन बुझाउन तयार भएपछि गुरुङले आफ्नो असहमति दर्ज गराएका हुन् ।

गुरुङले १४ औ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषण यसअघि नै गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर