कांग्रेसका क्रियाशील सदस्य साढे ८ लाख, करिब साढे ४ लाख नयाँ सदस्य थपिए (प्रतिवेदनसहित) – Nepal Press

कांग्रेसका क्रियाशील सदस्य साढे ८ लाख, करिब साढे ४ लाख नयाँ सदस्य थपिए (प्रतिवेदनसहित)

काठमाडौं । नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या साढे आठ लाख पुगेको छ । तीमध्ये साढे चार लाख नयाँ सदस्य हुन् ।

क्रियाशील सदस्यता छानविन समितिले १४ औं महाधिवेशनको प्रयोजनका लागि कुल ८ लाख ५२ हजार ७११ सदस्यहरूलाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।

पदाधिकारी बैठकमा पेस भएको विवरण अनुसार ४ लाख ४३ हजार ६७८ जना नयाँ सदस्य थपिएका छन् भने ४ लाख ९ हजारको नवीकरण भएको छ ।

सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार ५६६ जना छन । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्य छानविन समितिले तयार पारेको प्रतिवेदन पदाधिकारी बैठकमा छलफलपछि केन्द्रीय कार्य समितिमा पेस हुनेछ ।

समितिले धनुषा क्षेत्र नम्बर ४,सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो लगाउन नसकेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर