कम्तीमा हजार थान अक्सिजन सिलिन्डर मौज्दातमा राख्न सातवटै प्रदेशलाई निर्देशन – Nepal Press

कम्तीमा हजार थान अक्सिजन सिलिन्डर मौज्दातमा राख्न सातवटै प्रदेशलाई निर्देशन

काठमाडौं । कोरोनाभाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै कम्तीमा एक हजार थान अक्सिजन भरिएका सिलिन्डर मौज्दातमा राख्न मन्त्रालयले सातवटै प्रदेशलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सोमबार प्रदेश नं १, प्रदेश नं २ ,वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई परिपत्र गर्दै भाइरसको तेस्रो लहर आउन सक्ने हुनाले स्वास्थ्य पूर्वाधार र उपकरण तयारि अवस्थामा राख्न निर्देशन दिएको हो ।

मौजुदा सिलिन्डरहरु पनि खालि नराख्न र अक्सिजन कन्सन्ट्रेटर चालु तथा चुस्त अवस्थामा राख्न समेत मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले असोज १५ गतेदेखि भाइरसको तेस्रो लहर आउन सक्ने प्रक्षेपण पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर