बीमा समितिले भन्यो- उधारो पोलिसी बिक्री गरे कम्पनीमाथि कारवाही – Nepal Press

बीमा समितिले भन्यो- उधारो पोलिसी बिक्री गरे कम्पनीमाथि कारवाही

काठमाडौं । बीमा कम्पनीले उधारो पोलिसी बिक्री गरेको भन्दै बीमा समितिले त्यसमा रोक लगाएको छ । समितिले सोमबार सूचना जारी गर्दै कम्पनीहरूलाई बीमावापतको पैसा बैंक खातामा प्राप्त भएपछि मात्र जोखिम स्वीकार गर्न निर्देशन दिएको हो ।

समितिले सूचनामा भनेको छ ‘कुनै पनि बीमकले कुनै पनि व्यवसायको बीमा गर्दा लिइने शुल्क रकम प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्नु हुँदैन । बीमकले जोखिम ग्रहण गरेवापत बीमा शुल्क रकम प्राप्त गरेपछि मात्र बीमा मानिनेछ ।’

समितिले यसअघि नै असार मसान्तभित्र नै यो व्यवस्थाको जानकारी गराउँदै कम्पनीलाई पत्र काटिसकेको छ ।

उधारो बीमाका बारेमा लामो समयदेखि समितिले छलफल गरिरहेको थियो । समितिका अनुसार उधारो बीमा गर्नु भनेको बीमा ऐन विपरीत भन्दै कुनै कम्पनीले उधारो बीमा गरिएको पाइएमा समितिले कारवाही गर्ने समेत बताएको छ ।

अबदेखि कम्पनीले बीमा शुल्कको रकम कम्पनीको बैंक खातामा देखिएपछि मात्र बीमा लेख जारी गर्नुपर्नेछ । बीमा कम्पनीले आफ्नो पर्फमेन्स राम्रो देखाउनलाई उधारो बीमा देखाउँदै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *