हिरो विराज भट्ट घाइते भएपछि फिल्म सुटिङ रोकियो – Nepal Press

हिरो विराज भट्ट घाइते भएपछि फिल्म सुटिङ रोकियो

काठमाडौं । भोजपुरी फिल्म सुटिङको क्रममा अभिनेता विराज भट्ट घाइते भएका छन् । भारतको लखनउमा भैरहेको भोजपुरी फिल्म आक्रोशमा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टाको घुँडामा समस्या आएको छ ।

भित्र रगत जमेकाले चिकित्सकले तीन साता आराम गर्न सल्लाह दिएका छन् । विराज घाइते भएपछि अहिले फिल्मको छायांकन स्थगित भएको छ । केही दिनअघि फिल्म सुटिङ गर्न उनी लखनउ पुगेका थिए ।

सन्दीप सिंहले निर्देशन गरिरहेको उक्त फिल्ममा प्राची सिंह, सञ्जय पाण्डेय, मनोज टाइगर लगायतको अभिनय छ । ४० प्रतिशत छायांकन सकिएको फिल्मको एक्सन कोरियोग्राफी दिनेश यादवले गरिरहेका छन् ।


प्रतिक्रिया

2 thoughts on “हिरो विराज भट्ट घाइते भएपछि फिल्म सुटिङ रोकियो

  1. I had a bit of difficulty in understanding some of the Nepali words. Anyway, I understood 97% of the words. Prayers for quick recovery!
    #Bhutan

Leave a Reply to Sham Kumar Monger Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर