पत्रकारको हुलमा मिसिएर हिसिलाले रेशम चौधरीलाई सोधिन्- तपाईंको नेता को हो ? – Nepal Press

पत्रकारको हुलमा मिसिएर हिसिलाले रेशम चौधरीलाई सोधिन्- तपाईंको नेता को हो ?

काठमाडौं । जेलमा रहेका जसपा कार्यकारिणी समिति सदस्य तथा निलम्बित सांसद रेशम चौधरी पार्टीको आधिकारिकता विवाद सनाखत गर्न निर्वाचन आयोगमा पुग्दा दुवै पक्षको तानातानमा परेका छन् ।

आयोगमा जेलबाट सीधै पुगेका चौधरीलाई पत्रकारले तपाईं के गर्नुहुन्छ ? भन्ने प्रश्न गरेका थिए । चौधरीले पार्टीभित्रका आपसी वैमनश्यमा आफूलाई किन बोलाइयो भन्ने प्रश्न नेताहरूसँग गर्ने बताए ।

त्यसपछि जसपा नेतृ हिसिला यमीले पत्रकार बनेर सोधिन्, ‘तपाईंको नेता को हो ?’ उनले तीनपटक सोधेपछि पनि रेशमले जवाफ दिएनन् । त्यसपछि उनले पत्रकारलाई भने- ‘मेरो पहिलो अध्यक्ष महन्थ ठाकुर हो, उहाँलाई भेट्छु । अनि उपेन्द्र यादवजीलाई भेट्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर