छोराको कुटाइबाट वृद्ध बुबाको मृत्यु – Nepal Press

छोराको कुटाइबाट वृद्ध बुबाको मृत्यु

इलाम । इलाम देउमाई नगरपालिका- २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको छोराको कुटाइबाट मृत्यु भएको छ ।

गत बिहीबार ३४ वर्षीय गिर्जमानले घरयासी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए ।

कुटपिटबाट घाइते भएका टेकबहादुरलाई उपचार गर्न बिर्तासिटी अस्पताल विर्तामोड लगिएको थियो । तर निको नभएपछि घर लैजाने क्रममा

आइतबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलालले जनाएको छ । छोरालाई प्रहरीले पक्राउ गरी अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *